खलबल - Ddus Gajurel Blogs

खलबल

बिहानीको चिया नास्ता सकेर काममा निस्किए! बाटोमा गाडी कुरिरहेको थिए एउटा बाइक आएर मेरो अगाडी रोकियो, म मुस्कुराउदै पछाडी गएर बसे, अर्जुन थियो उ, उ पनि कतै जादै रछ कहा जादैछस भनेर प्रश्न गर्दा उ मुस्कुराएर हास्दै यतिकै टाइमपास भन्दै हास्यो उ पनि म जतिकै हावा भएको ले त्यस पछी मैले केहि प्रश्न गरिन, दमक बजार पुगेर एउटा होटल नजिकै बाइक रोक्यो, हामी दमकमा भा बेला प्राय त्यस होटल हाम्रो अड्डा थियो,
हिन छिटो, क्या सिक भै सके भन्दै मलाइ आउने इसारा गर्दै उ होटलभित्र रस्यो म पनि पछि पछी गए, साहुजि २ टा चिया अनि एमाले 😝😝
उ जिस्किदै चुरोट माग्यो, साहुजिले २ टा सुर्य दिए सलाइ त्यहा छ भन्दै इसारा गरे र चिया बनाउन थले

साँचि डाक्टरले कहिलेको डेट दिएको छ हँ? चुरोट मुखमा च्यापेर सलाइ कोर्दै उसले प्रश्न गर्यो। म मुस्कुराए १२ दिन छ अब
उसले अनुहार खुसी बनाउदै ल है पार्टी चाही भब्य हुनु पर्छ, भन्यो म मुस्कुराए मात्रै

अनि तँ त घरमै चुरोट तान्ने मान्छे के भयो अाज? मैले जिस्काउदै सोधे, अ हो छोरीले क्या मायाँलाग्दो पारामा म पनि पिउछु भनी त्यहाँ बाट घरमा बन्द उ जोडले हास्यो म पनि जोडले हासे, म निस्कनु पर्ने थियो सानु कामले निस्केको बजार म लागे पछी भेट्छु भन्दै म निस्किए ।

अोहो, अब त बाउ हुने दिन पनि नजिकै अाइसक्यो, जिम्मेबारीहरू कतिधेरै छन, कसरी सबैकुरा मेन्टेण्न गर्ने भनेर एकहोरो भएर हिड्दै थिए अचानक एउटा भाइले झस्कायो, दाइ हजुरको नाक बाट खुन बगिरहेको छ । एकछिन अलमल परे, यसो हात नाकमा लगेर छाम हेरे हातमा अल्का खुन लागेको रछ । म केही नभनी त्यहाँबाट हिडे, हस्पिटल जाउ भने उति जाबो कुरामा के जानु भन्दै नाक पुच्छ्दै म बाटोमा हिडिरहेको थिए एक्कासी टाउको चड्कस्यो ।

तनाब माथि तनाब थपियो कतै कही खबरै नगरि म हस्पिटलमा के भउको रहेछ भनेर जचाउन गएको थिए। मनमा अनेक डर लागिरहेको थियो । रिपोट अाएपछी डाक्टरले मलाइ भित्र बोलाउनु भयो, अनि एकाउक गालिका बर्षाहरू हुन थाले, पहिल्यै बाट जचाउनु पर्दैन, किन हेलचेक्राइ गरेको? यतिमात्रै सुने अरू पनि धेरै कुराहरू थिए तर सुनिन मैले ,
लामो सास फेर्दै मैले के भएको मलाइ भने, मलाइ एकहोरो एकछीन हेरेर अन्तिम स्टेज हो धेरै दिन छैन, जिन्दगीमा लागेका कुराहरू इच्छाहरू पुरा गरिहाल्नु

एकाएक म छाँगाबाट खसेजस्तै भयो । अगिसम्म केही थिएन अहिले जिउ नै सुन्निउर अाएको अनुभब भयो, अब के गर्ने कसो गर्ने थाहा छैन, सोच्न सकिन,

दिन कती छ भनेर सोदे 10 दिन भन्ने उत्तर अायो, केही सोच्ने के गर्ने केही अाएन दिमागमा म कसरी हस्पिटल बाट बाहिर निस्किए त्यो पनि थाहा भएन,

लामो सर्को चुरोटको ताने पछी म झसंग भएझै भए, अोहो 10 दिन? मात्रै मैले त मेरो अंशको मुहार पनि हेर्न नपाउने रछु त, उ 12 दिनमा अाउछ म 10 दिनमा जान्छु घरमा लगेर सुनाम यो कुरा सबै अात्तिनछन, के गरूम के गरूम अ हँ सोच्न सकिन, अपरेशन गरेर डेलीभरी गराए पछी अनुहार हेरेर जाउ यो दुनियाबाट भन्ने सोच पनि अायो, तर हुदैन, समयलाइ केही गर्नु हुदैन मैले जानेको प्रकृति र समयलाय उसको हिसाब संगै छोड्नु पर्छ, नत्र तहल्का मच्चाउछ, लामो सास संगै 4 वटा चुरोट सकिएछ। मोबाइल प्राय भ्राइव्रेशनमा हुने भएको ले अाजपनि म झस्किए भाइब्रेशनले,

झसंगै भए
लामो सास फेरे
अफ कस्तो नराम्रो सपना देखेको,
अाफ्नै मृत्युको,
ज्यान पशिनै पसिना भएछ, यसो हेरेको ८ बजेको रछ बिहानको,
हत्तनपत्त उठेर फ्रेस भएर काममा लागे, अाज दिनभर यसै सपनाले कत्रै कतै सताइरहेको छ ।

No comments: