चलचित्र सुटिङ फोटो -मेरो सोल्टी - Ddus Gajurel Blogs

चलचित्र सुटिङ फोटो -मेरो सोल्टी

भनिन्छ नि स्वच्छ मनले मागेमा जे पनि पुरा हुन्छ । मनमा पिर र चिन्ता नलिइकन, एक चित्त भएर काम गर्यो भने चिताएको कुरा पुरा हुन्छ । मेरो कथा पनि त्यस्तै छ, जिन्दगीको कथा । सानैदेखीको सपनाको संसारमा रमाउने म । त्यही सपनाको लागी त्याग, तपस्या, सम्पुण कुरा...... जिन्दगीले गराउदै लग्यो । मेरो सानैदेखीको सपना फिलिममा काम गर्ने । लगभग ८-९ बर्षको उमेरमा सलाइको बट्टामा दुलो बनाएर भित्र पेपरमा चित्र र त्यसको बर्णन गर्ने ( लेन्स बाला दुर्पिन मा फोटो रिलमा हेरे जस्तै) बनाएर खेल्ने गर्थे । त्यस बेला कथा मा हिरो एक हुनथो, उसको शक्ती र तागत को बर्णन हुन्थो । समयसंगै ति कुराहरू हराउदै गए । शनिबार दिउसो २ बजेको समाचार पछिका कुनैपनि फिलिम हेर्न छुटेनन । हलमा पनि धाइ-धाइ हेरीन्थो फिलिम । फिलिम हेर्दा दुख, पिर सबै बिर्सिन्थे र अहिले पनि त्यस्तै छ । प्रबेशीका परीक्षा पछी कम्पुटर सिक्नतिर लागीयो । त्यस पछी झन अर्कै दुनीयामा प्रबेश भए जस्तो लाग्यो । बिहेको इडिटिङ, खिच्ने काम अनि फोटोसप ।

Photoshop सिक्नुमा मेरो साथिहरूको हात छ । उनिहरू चलाउथे म हेर्थे, रहर लागेर चलाएको यती डुबियो कि फोटोसपमा बाहीर निकाल्ने कोही भएन :P

कुलो र कुरा जता बटारे नि बटारीन्छ रे। त्यस्तै लाग्यो :P भारतको िपुणेमा एनिमेशन सिके पछी नेपालमा गएर केही गर्ने सोच जाग्यो । दमकमा लगभग २ बर्ष जति स्टुडियो खोलेर बसियो । पारा लागेन । भनेको जस्तो भएन । जान्नु भन्दा धेरै बिर्षने डर भयो । अनि मन ले चाही बिदेश हिडेको म तर राजधानीमा एउटा मैाका पाए । फिलिम मा काम गर्ने । लगभग २-३ दिन मज्जाले सोचे के म सहि बाटो हिडि रहेछु । धेरैले धेरै कुरा भने , अरूले जे भने पनि अरूको कुरा नसुन्ने म जे जस्तो भए पनि अनुभब हुन्छ भनेर स्टुडियोमा जागिर खान थाले । आदिबासी जनजाती चलचित्र धेरै मात्रामा बनाउने भएकोले भाषाको समस्या हुनछ कि जस्तो लागेको थियो तर त्यो नहुने रहेछ । स्टुडियोबाट सुटीङमा जाने कुरा भयो प्रितम दाइले सहयोगीको रूपमा मलाइ लैजाने भन्नु भयो । मनमा डर अनि उत्साह दुबै कुराले नया अनुभब बोटुल्ने मैका दिइरहेको थियो ।

फाल्गुन २६ गते २०६९ मा काठमाण्डैाबाट भिमाद हुदै रिसिङ अर्चले गाउ जानु पर्ने थियो । म नेपालको सुदुर पुर्वमा जन्मिएको पश्चिमाञ्चल २००५ मा स्कुलबाट भ्रमण जादा गएको थिए त्यस पछी मैाका पाएको थिइन । ८ बजे काठमाण्डैबाट हिड्का हामी  लगभग १ बजे खाना खान कुरीङटारमा २५ मिनेट जति अनि त्यसपछी लगभग ३ बजे भिमाद बजार, त्यहाबाट टेक्सीमा १ घण्टा जती उकालो धुलो खादै  हामी रिसिङ अर्चले गाउ पुगीम हामी । २० जानाको हाम्रो टोलीमा डाइरेक्टर- प्रितम गुरूङ, एक्सन डाइरेक्टर- जनक गुरू, दिपक दाइ, सन्तोस सर, मोहन लामा, राजु किरातँ, बिजय ,  लाक्पा, सुर्य, सन्तोस,  अनि कुकमा कुमार दाइ हुनुहुन्थो एए म त झण्डै छुटेछु  :P

गाउले ले गरेको स्वागत, त्यहाँका बहिनिहरूले दिएको लालिगुरासँ, कती रमाइलो रमाइलो । वरण नै छैन ।


स्थान परिचय

समुन्द्र सतहदेखि 1120 मिटर उचाहिमा रहेको तनहुँ  जिल्लाको दक्षिण भेगमा उत्तर सेती गण्डकी र दक्षिण काली गण्डकीको बीचमा पुर्व पश्चिम फैलिएको माहाभारत पर्वतको श्रृंखलामा अबस्थीत रमणीय ठाउ रिसिङ ।
यहाँबाट अन्नपुर्ण, माछापुच्छ्रे, धैालागीरी हिमाल देखीयो । यस ठाउमा अजम्बरी माइको मन्दिर पनि रहेछ । माइको दर्शनबाट मनोकांक्षा पुरा हुने जनबिश्वास रहेछ ।


चलचित्रः मेरो सोल्टी
निर्माताः दिपक गुरूङ
निर्देशनः प्रितम गुरूङ



श्री गणेशाय नमः िपहिलो दिन, क्यामरा पुजा






 बिहान उठ्ने बित्तीकै हिमाल देख्न पाइयोस ....
 हेल्लो कल्लाइ खोज्नु भाको ? :P
 कहिलेकाही दाइले स्पोर्टमा स्कृप्टमा सिन थप्नु हुनछ, म हिमाल निस्किने गरि फुटो खिच्दै
 गित को सुटीङ हेर्न गाउले दाइ/दिदिहरू
 नायकःसोम र म
 सुटिङका कुरा स्टाटस बनाउदै

मेरो त गज्जब को फुटो निस्किएछ











 मैकामा चैाका, फुटो खिच्न
 












 टेक्नीसिनाहरू र कलाकारहरू
क्रमसः म, प्रितम दाइ, सन्तोस सर, अनु, सुर्य, रेशम दाइ, लाक्पा  




1 comment: