June 2010 - Ddus Gajurel Blogs
किल्ला भ्रमण
 जिन्दगी एक यात्रा :-
यो जिन्दगी यस्तै रहीछ , कहीले कता कहीले कता । दुःख मा पनि हास्नु पर्ने , सुखमा पनि रूनु पर्ने । भनिन्छ दुःख सुख भएन भने जिन्दगीको मजा नै हराउछ । यस्तै प्रकारले जिन्दगीको बाँटोमा हिड्दा हिड्दै जिवनमा पहीलो पटक किल्ला भ्रमण गर्ने अवसर मिल्यो ।
स्थल जानकारी :- तिकोणा किल्ला(वितंडगड), Maharashtra India
१० बजे हामी हामी बसेको ठाँउ बाट गन्तब्यतीर निस्कियैा । हल्का पानी परीरहेको थियो । मैम अती रमाइलो थियो । २ घण्टाको यात्रा पछी हामी हाम्रो यात्रा सुरू हुने ठाँउमा पुगीम ।