एउटा हिराको टुक्रा देखे. - Ddus Gajurel Blogs

एउटा हिराको टुक्रा देखे.

सून्दरतामा सजिएको एउटा हिराको टुक्रा देखे.
झिलीमिली  झल्किएको एउटा हिराको टुक्रा देखे.
प्रकास फैलाइ रहेको , शान्त संग बसीरहेको
आफैमा लोभलाग्दो एउटा हिराको टुक्रा देखे
मुसुमुसु मुस्कुराउदै , छड्के नजरले हेर्दै

सुन्दरताको उपाहार एउटा हिराको टुक्रा देखे
धिपधिप बलेको चन्द्रमुखि मुहार उनको
कोरीबाटी चिटिक्कै   एउटा हिराको टुक्रा देखे
हेराइमा जादु थियो उनको बोलीमा संगित
लैा न म लठ्टै हुने गरी एउटा हिराको टुक्रा देखे
सून्दरतामा सजिएको एउटा हिराको टुक्रा देखे.
झिलीमिली  झल्किएको एउटा हिराको टुक्रा देखे.


2 comments:

  1. यस्तै हो साथि... बेलामा हिरैको टुक्रा जस्तो देखिन्छ भन्छन ... पछी सम्म नि हिराको टुक्रा जस्तै देखे...!

    ReplyDelete
  2. बिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि, झरणालाई नियालेर नि तिर्खाईमा तड्पिए पनि, सहसको बाटो परिवर्तण नहोस् यात्रा निरन्तार चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो आटुट बलिरहोसयहि छ मेरो भावना, विजया दशमीको हार्दिक मङ्गलमय शुभकामन! शुभकामन!! शुभकामन!!!

    ReplyDelete