September 2009 - Ddus Gajurel Blogs
शुभ-कामना
आयु द्रोणसुते, श्रीयं दशरथे, शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानं च दुर्योधने ।।
सौर्यं शान्तनवे, बलं हलधरे सत्यं च कुन्तिसुते ।
विज्ञानं विदुरे भवतु भवतां, कीर्तिश्च नारायणे ।

एउटा हिराको टुक्रा देखे.
सून्दरतामा सजिएको एउटा हिराको टुक्रा देखे.
झिलीमिली  झल्किएको एउटा हिराको टुक्रा देखे.
प्रकास फैलाइ रहेको , शान्त संग बसीरहेको
आफैमा लोभलाग्दो एउटा हिराको टुक्रा देखे
मुसुमुसु मुस्कुराउदै , छड्के नजरले हेर्दै
एक पल्ट हास्ने कि ??
01,

आधुनिक छोरा,

एक दिन रामको घरमा उसको बुबा बिरामि भएछन , बाउ कामी रहेको देखेर राम डाक्टार भएको ठाउमा  गयो,
राम – डाक्टार साब हजुर मेरो घरमा जानु पर्यो ।
डा. –किन र?? के भयो राम कसलाइ ??
राम –अरूलाइ हैन क्या , मेरो बा बिमार भए ।
डा. – के भयो तिम्रो बा लाइ ?
राम – हाम्रा बा आज बिहान देखि नै भाइब्रेशन मुडमा हुनुहुन्छ ।।।।।।

02,

सुन्दरी हात्ती,

दुइ वटा जबान हात्ती बाटामा बसेर गफ गर्दै थिए, त्यतीकैमा एक सुन्दरी हात्ती उनिहरूकै छेउ बाट गइ, त्यतीकैमा एउटा हात्ती ले भन्यो ,
हेर हेर क्या माल छ यार , 3600-2400-3600 ।।

03,
के पिउने/Alcohol ??  "सोमरस" Part - 03
एक बोतल ले केही हुदैन दुइ बोतल ले खाजा,
तिन बोतल ले प्रधान मन्त्री चार बोतल ले राजा ।।
यो नसा भनेको यस्तै हो । कसैले रमाइलो को लागि त कसैले दुःख सुख मा साटासाट गर्न यसको प्रयोग हुने गरेको छ । भन्नु पर्दा यस संसारमा पिउनेको संख्या धेरै पुग्न जान्छ । कतिले जानेर पिउछन त कतिले नजानि पिउछन । कसैले घरमा थाहा दिएर पिउछन त कसैले पत्तो पनि दिइको हुदैन्न ।
यो पिउन धेरैले हिम्मत गर्छन तर कसै कसै ले मात्र सफलता प्राप्त गर्छन । सबैले बुझ्ने भासामा भन्दा यसलाइ अल्कोहल (Alcohol) भनिन्छ । बियस को नाम सुन्नै नचाहने परिवारहरू ले पनि यसको प्रयोग गरी राखेको हुन्छन तर उनिहरूलाइ पत्तै हुदैन । कोक, फेन्टा, मिरिन्डा, स्प्राइट, आदि इत्यादि मा पनि अल्कोहल प्रयोग भइको हुन्छ । फरक यति मात्र हो कि यिनिहरू सफ्ट ड्रिंक हुन भने हार्ड ड्रिंक मा बियर, रम, भोड्का  आदि इत्यादि पर्छन ।  यो पिउन जान्यो भने दबाइ हुन्छ र पिउन जानेन भने बिस ।
आखिर के हो अल्कोहल यो कसरी तयार गरिन्छ -
जिन्दगीको बाटोमा देखेको सपनाहरू,
अबचेतन अबस्थामा हाम्रो मस्तिस्क मा उत्पन्न हुने तरङ्ग लाइ सपना भनिन्छ । हरेक रात दिन केही नभनि मानिसहरू सपना देखी रहन्छन । कसैले राम्रो कसैले नराम्रो , कसैले औकात अनुसार को देख्छन त कसैले औकात भन्दा माथी उठेर देख्छन, जस्तै प्रकारले देखे पनि , दिउसै देखे पनि , राति देखे पनि,  सपना सबैले देख्छन, … कोही खुसी हुन्छन त कोही दुःखी सपना बाट ।कतिका देखेका सपनाहरू पुरा हुन्छन त कतिका बिलाएर जान्छन ।  सपना एक लक्क्ष बनाएर हिड्ने पनि प्रसश्तै भेटीन्छन ।
हामी नेपाली र हाम्रो बोहुभाषा
हामी नेपाली , बहुभासी, स्वतन्त्र,  अरू के के हो के के । भनेर साध्ये नै छैन ।  हामी नेपाली पैरखमा धनी । अन्य कुनै  देशका मानीसले लाएको काम जस्तोसुकै भए पनि गर्ने तर देशका लागि कुरा मात्रै गर्ने , काम गर्नु परेमा अर्को तिर मुन्टो फैलाउने हामी बिर नेपाली । इराक मा 12 जाना नेपाली लाइ मार्दा, रितिक रोसन ले केही कुरा नेपालको बारेमा बोल्दा नेपाल हल्लाउने हामी नेपाली । 19 दिने आन्दोलन मा पुरा देशबाट नै उठी देशमा गणतन्त्र ल्याउने पनि हामी नेपाली नै ।  एक पटक म सलाम गर्न चाहन्छु यि सम्पुण नेपाली लाइ ।   कती धेरै बाहादुर हामी नेपाली।  कती मेहेनती हामी नेपाली । कती प्रगती भइ सक्यो हामीले गर्दा हाम्रो नेपालमा । सुन्दर शान्त नेपाल अशान्ती , हत्या हिम्सा, अपहरण मा परीणत गरी  भयो हामी नेपाली ले गर्दा । अझ भुल्नै नहुने कुरा श्री ५ बडामाहाराज धिराज बिरेन्द्र बिर बिक्रम शहादेब को बंश बिनासमा रूने पनि शामी नेपाली र श्री ५ बडामाहाराज धिराज ज्ञानेन्द्र बिर बिक्रम शहादेब ले दरबार छोडेर जादा खुसी हुने पनि हामी नेपाली । नेपालमा 5/10 हजारको काम लाइ वास्ता नगर्ने र बिदेशमा 5 सय को काम लाइ दिनहु धाउने । नेपालमा रहुनजेल बिदेश को भिजा को लागि कुदने र बिदेश पुगी सके पछी नेपाली भन्न मन नपराउने  हामि बिर नेपाली । नेपालमा उत्पादन गरेको सामना नखरीदने तर बिदेशी सामान भनेपछी जस्तोसुकै मुल्य तिर्न पनी पछी नपर्ने हामी नेपाली ।  जय नेपाल  , जय नेपाली ।  फेरी पनि एक पटक सलाम गर्न चाहन्छु सम्पुण नेपालीलाइ