के हो प्रेम ??? - Ddus Gajurel Blogs

के हो प्रेम ???

  भनिन्छ यो जतिखेर , जाहाँपनि , जोसंग पनि हुन सक्छ । यो संसार को सृस्टी संगै मनुस्य जाति तथा अन्य जनाबार चराचुरूङ्गी , आदी को उत्पति संगै प्रेम को उत्पति भएको हो । जाहाँ पनि , जतिखेरपनि , जहिलेपनि हुनसक्ने एउटै चिज छ यो संसारमा " प्रेम " कुन बेला को संग हुन्छ यो भनेर कसैले पनि भन्न सक्दैन । हाम्रो शरिरमा कुन भुभाग बाट यो हुन्छ भनेर प्रम गर्ने हरूलाइ सोध्दा यो त मन बाट हुन्छ भन्छन,  तर यो मन शरिरको कुन भाग हुन्छ थाहा छैन । शरिर चिरफार गरेर हेर्दा फोक्सो, मुटु आदि इत्यादि देखिन्छ । बैज्ञानिक हरूले प्रेम शरिरमा रासाइनिक प्रतिकृया भइ मस्तिस्क बाट उत्पन्न हुन्छ भन्छन । तर बिस्वास लागेन । मस्तिस्क बाट हुने भए डर लाग्दा मुटु किन उफ्रिन्थो मज्जाले । टाउको दुख्नु पर्ने हो नि ।

  यस्तो अरूको पारामा लागेर केही उपलब्धि हासिल हुदैन भन्नुहुन्थो हजुरबाले । प्राक्टिकल गरेर हेरूम भने को माथि गर्नु  ??, घर परिबार को प्रेम त थाहा भएकै हो । अब को संग प्रम गर्ने त ??? यसो सोचेको अस्ति कक्षामा सरले भन्नु भएको थियो कुनैपनि समस्षा भए मलाइ सोधनु नडराइकन , त्यही भएर सरलाइ सोधे , सर यो प्रेम के हो ?, कसरी हुन्छ सर यो ??? सर ले मुसुक्क मुस्कुराउदै जबाफ दिनुभयो , जसलाइ धेरै मन पराइन्छ ,  जसको हरेक कुरा मन पर्दै जान्छ त्यहाँ प्रेम हुन्छ, ।  मैले सोचे मलाइ धेरै मन पर्ने त कबिता मिस हो । शारिरक तथा खेलकुद शिक्षा पढिउनु हुन्छ मिसले हामिलाइ । आहाँ कति मिठो स्वर छ मिसको हरीयो साडिमा त मिस फिलिमको हिरोनि भन्दा राम्री देखिनु हुन्छ। अब म मिस संग प्रेम गर्ने । मन त्यसै फुरूङ्ग , यो कुरा कसलाइ भन्ने,  यस्तै सोच्दा सोच्दै मिसले एक दिन टिउसन पढ्ने ले भोलि देखि घरमा आउनु भन्नु भयो । एक पल्ट त नाचुम नाचुम जस्तो लाग्यो मलाइ । भोलि पल्ट बोलाएको भन्दा आधा घण्टा छिटो मिसको घरमा पुगे म तथा मेरा एक दुइ साथिहरू । मिस ले पनि ल बस भन्दै नास्ता गरेर आयैा कि त्यसै आयैा भन्नुभयो । डराउदै डराउदै छैन भन्ने मुख बाट निस्किएपछी मिसदे हलुबा दिनुभयो सबैलाइ । आहाँ कति मिठो थियो हलुवा, मेरो बाल मस्तिस्क मा  अरू भन्दा मिस नै राम्री भन्ने छाप भरइ सकेको थियो । एक दिन मिसले भन्नु भयो भोलि म घर जादै छु , टिउसन र क्लस अर्कै  सर ले लिनुहुन्छ । कक्षा मा मिस लाइ किन क्लास  अर्कै सरले लिनुहुन्छ भनेर, सोध्न जादा मेरो मुटु त बाहिर निस्कन खोजेको  थियो । शरिर का हरेक अंग बाप्त लागेका थिए। साच्चिनै मिसको छेउमा पुगे पछी शरीरका हरेक अंग काम्न लागे,  मुटु बाहिर निस्केला जस्तो गर्यो । म त सक्दिन भने बाहिर निस्किए , यस्तो लाग्यो प्रेम भनेको यहि हो । प्रेम त पुरा शरिर बाट हुदो रहिछ । यो कुरा पत्ता लगाए मैले । मिस बिबाह गर्न गाउँ जादै हुनुदो रहिछ । म केहि बोल्न सकिन । मिसको बिदाइको दिन म बिधालय पनि गइन ।
  भनिन्छ कुनै कुनै मात्र सपना संझना हुन्छ । त्यही संझना मध्यको एक थियो यो । बाल अबस्थामा यो सपना ले मेरो मन धेरै दिन सम्म पोलेको थियो । यो सपना ले मेरो मन धेरै दिन सम्म पिरोलेको थियो । तर आज मैले मेरो सपना हैन मेरो भोगाइ सुनाउदै छु ।
   धेरैलाइ बिस्वास गर्नै गार्हो हुन्छ होला मैले बिपरीत लिङ्गी प्रेम अर्थात कुनै केटी मन पराएको म कक्षा एकमा हुदा हो पहिलो पटक । उनि धेरै राम्री थिइन । कक्षा U.K .G मा उनी संगै पडेको थए मैले, तर उनलाइ मेरो मनमा राखेको । सायद मैले कसैलाइ पनि भनिन त्यति बेला । कुरा     मpurbanchal Bording school Damak मा पढ्दा को हो । मेरा साथिहरू त्यति बेलाका मध्ये एक जानाको मात्र नाम याद छ “सुदर्सन राइ, लखनपुर गाबिस देखि अलिक मुनि हो उसको घर र उसकि बहिनि हामी संगै एउटै क्लासमा थिइन  उनि , उनको नाम श्रिश्टी हुनुपर्छ, सायद, ” सुदर्सन हामि भन्दा अलिक ठुलो थियो, अहिले काहाँ छ थाहाँ छैन मलाइ । मैले मन पराएकी उनि उनको नाम विनिता थियो । कक्षा एक मा उनि अझ धेरै मन पर्दै गइन , अहिलेको जस्तो केही थाहा थिएन त्यति बेला । तर मन पराउनु नै मेरो लायि गल्ति भयो । उनलाइ अझ सम्म भुल्न सकेको छैन मैले । उनिहरूको परिवार सहित दमक छोडेर अनय कहिँ बसरइ सरेछन हामि कक्षा एक मा हुदा । कक्षा ९ मा पहीलो दिन कसैलाइ देखे, यो मेरो किसोर अबस्थाको प्रेम हो । कल्पना गरे भन्दा धेरै राम्री थिइन । आफु भन्ला धेरै माया गर्न थालेको थिए उनलाइ । सायद उनको आगमन संगै  मेरो जिन्दगिमा धेरै परिबर्तनहरू आए । उनको सामुन्ने जादा धेरै डर लाग्थो । केही मैले गल्ति बोल्छु कि ज्तो लाग्थो । उनको सामुन्ने केही बोल्न सक्तिन थिए।  यस्तैमा एक जाना साथि संग मिलेर उनिसंग परिचय भयो । एक दुइ दिन पछी एक दिन बिध्यालय बिधा भइ सके पछी बिध्यालयको गेटमा मैले उनलाइ देखे। उनले पनि म तर्फ हेरीन । तर भिडमा मैले केही बोल्न सकिन । सायद यहि नै मेरो गल्ति थियो । केहि महिना पछी समथहरूको अनुरोधमा मैले प्रेमपत्र लेखे , एक जाना साथिकै (जसले परिचय गराएको थिइन ) मार्फत उनलाइ त्यो पत्र पठाए । त्यो पत्र फिर्ता आयो , म केही बोल्नै सकिन । केही समय पछी हामिलाइ  शैक्षीक भ्रमण धनकुटा मा रहेको पाख्रिबास सरहरूले लानु भयो । मान्छे नपाए पनि उनको फेोटो संझनका लागि भए यो मन शन्ति हुन्थो जस्तो लागेर साथिको क्यामरा बाट उनिसंग फोटोको लागि मागे, उनले नाहि भन्ने संकेत दिदै टाउको हल्लाइन । उनका साथमा उनकै केही साथिहरू थिए । केही समय पछी थाहा भयो उनि धेरै मसंग रिसाएकि रहिछीन । ठिक थ्यसको एक बर्ष पछि फेरी शैक्षिक भ्रमण को लागि पोखरा लगियो हामिलाइ । मैले केही साथिहरूलाइ उनको फोटो जसरी भए पनि लिन अनुरोध गरे । उनलाइ पनि थाहा भइछ यो कुरो । मैले मेरो रोल डेबलप गर्ने दनि उनि आएर म संग बोलिन । मलाइ अचम्म लाग्यो । बेलुका संगै घर जाने भनिन , मैले नाइ भन्न सकिन । बेलुका फोटो स्टुडियोमा उनले मेरा सबै लोटो खानतलासि गरीन तब मात्र थाहा भयो कि उनले किन संगै जाउँ भनेको रहीछ । केहीदिन पटी साथिको क्यमराबाट फोटो आए तर मलाक्ष राख्नै मन लागेन । खै किन हो किन ???????  त्यति बेला मलाइ थाहा भयो कि मैले जसलाइ सच्चा  ह्रिदय ले प्रेम गर्छु त्यो म बाट धेरै टाडा जान्छ । मैले साच्चै हो कि हैन यो कुरा भनेर कसैमाथि प्रयोग गरी हेर्ने बिचार आयो । एकजाना साथि, उनि म भन्दा एक बर्स जति जेठि थिइन । पहीलेत धेरै गार्हो भयो  । बिस्तारै मैले प्रपोज यरे उनलाइ । जुन दिन देखि मैले प्रस्ताब राखे त्यस दिन देखि उनि म संग बोलेकी छैनन् । त्यस दिन मलाइ पुण रूपमा बिस्वास भयो कि कसैलाइ मैले प्रेम गरे भने त्यो म बाट टाडिन्छ ।
यही यस्तै कुराहरू  सोच्दै एक डेड बर्ष बिते यतिन्जेल सम्म सानातिना यस्ता घटनाहरू भइ रहे । कलेज त त्यस्तै हो पढीएन । एक दुइ कर्ष को प्रायास पछस् म भारतको पुणा भन्ने स्थानमा पढाइ को लागि घर छोडि आए । केही समय पछी नेट कनेक्सन लिएर Yahoo and Gmail मात्र चलाउथे । एक दिन साथिहरूले फेसबुक को बारेमा कुरा गरे । एक डेड महिना फेसबुक मा धेरै संग झगडा हुन्थो । म साथिहरूलाइ बोलाउथे । उनिहरू अलिक मोडन सोच का भएकाले पछी हट्ने र मालि माग्ने कुरा गर्दैन थिए । भेरै संग मेरो झगडा भयो । सायद त्यति बेला मलाइ सपोट गर्ने कोहि थिइन त्यसले होला । एक जाना केटी , नेपाली (नेपालि केटी तर बिदेसमा नै जन्मेको , नेपाल अहिले सम्म नदेखेको ) मन पर्यो फेसबुक बाट । उनको हरेक Status लाइ म सिरियस लिन्थे । धेरै मन पराउन थालेको थिए । उनिसंग फेनमा कुरा गरेको दिन म धेरै खुसी हुन्थे । उनको एउटै मात्र गल्ति थयो कि मैले “U have B F ?,  उनले No “ भनेर जबाल दिइन । इन्टरनेटको पहिलो प्रेम हुन उनि तर जुन दिन मैले प्रपोज गरे त्यस दिन देखि उनि बोलिनन् । केही दिन पछी धेरै अनुरोध गर्दा उनिसंग कुरा भयो फोनमा । भोलि पल्ट मैले उनलाइ च्याट हुदा फोन गर्न भने । उनले हुन्छ गर भनिन । मैले गर्ला उनको मोबाइल अरू कसैले उठायो । अरू कोहि भएको कारण मैले उनि आए पछि भन्दिनु भने। फेरी दोस्रो दिन फनि मैले उनलाइ सोधे कि म फोन गर्नु कि नगर्नु भन्दा “Yea You Can Do”  भन्ने जबाल आउथो । मेले गरे फोन ,  “ उताबाट  उ त अहिले छैन त “ भन्ने र साथमा उनको आवाज “ फोन छोडेर बाहिर गएको छ उ त ” यस्तै यस्तै जबाफ आयो । केही दिन पछी म मरे पनि केही फरक नपर्ने भन्ने म्यासेज आयो । मैले त्यो प्रोफाइल बन्द गरीदए । र नयाँ प्रोफाइल बाट फेसबुक थलाउन थाले ।
कि त मैले मन पराएकि म भन्दा जेठि पर्छिन कि छ म संग कुरै गर्न चाहादिनन् ।  यस्तै हो जस्तो लाग्छ संसार । मैले प्रेम भन्दा पनि कसैको साथ खोजेको थिए । 
आज एक जाना साथि प्रेम मा बिछोड भएर रोइ रहेको थियो । उसलाइ सम्झाउदा मेरा केही अनुभब हरू काम लागे ।  उसले अन्यमा भनेको कुरा ये साला कम्बक्त इक्स साला हे कमिना, जिसको होताहे तो भि रूलाता हे , नहि हे तो भि रूलाता हे ।
मेरो जिबनमा एकतर्फि मात्र प्रेम भएको छ । हेर्दै जाउम के हुन्छ ,  जिन्दगि हो अहिलै समाप्त लेख्न मिल्दैन त्यसैले To Be Continue …….
र अन्यमा म अझ पनि यहि प्रश्न सबैलाइ सोध्छु “What Is Love ?, कि के हो प्रेम ? “

2 comments:

  1. ल है तपाईको जिवनको अहिलेसम्मको ट्र्याजेडी चाही पढें (बीचमा भएका केही 'कमेडी' वा 'रोमान्स' चाही लुकाउनु भयो कि क्या हो ?:)

    अनि मेरो बिचारमा चाही प्रेम भनेको कुनै व्यक्तिको जिवनमा वा मनमा यसरी 'घुस्ने' प्रक्रिया हो, जहाँ हरेक व्यक्तिले आफ्नो जीवन र मनमा बसेको मानिसको अभावमा आफूलाई अधुरो ठान्छ ।

    ReplyDelete
  2. खै सर हर समय सिरियस भएर हिड्ने मानिस ले कसरि कमेडि गर्नु र, अनि रोमान्स, कुन खालको रोमान्स भन्नु भएको हो, ??????

    बिचार राख्नु भएकत्रमा धन्यबाद सर,

    ReplyDelete