July 2009 - Ddus Gajurel Blogs
पिर र चिन्ताको ओखती "सोमरस" Part - 01
पिर, चिन्ता, तनाब, .... कुराको ओखती हुदैन भनछन । जब पिर चिन्ता बड्दै जान्छ, मानिस आफैमा कमजोर पर्दै जान्छ, यो निस्ठुरी संसार मा भगवान लाइ पनी पिर, चिन्ता, पर्न सक्छ । हामी त मानिस पिर, चिन्ता त हाम्रो लागी बरदान हो ।
यो परिस्तिती बाट छुट्कारा पाउने एउटै मात्र उपाय छ, " सोमरस "

यो संसारमा जन्मे पछि हरेक कुरा गर्नु पर्दो रैछ, घर, परिवार , समाज, राष्ट्र.....मा हरेक प्रकार का समस्या हामीले ब्योहोर्नु पर्छ । यस्ता समस्या हरूले पिर , चिन्ता, मनमा तनाब उत्पन्न गराउछ, दिनभरीका यस्ता समस्या , तनाब बाट मुक्ती पाउने एउटै मात्र उपाय , साझ परे पछि " सोमरस ", हिस्स परेकि साहुनी लाइ जिस्काउदै, सुरूप्प पार्यो " सोमरस "....

अफिस मा बोस को कचकच सम्झियो, अनि एक घरट्कि घुटुक्क। दिन भरि भेट भएका मानिसहरूको गनगन पचाउन एक प्याक फेरि घुटुक्क। फेरि कमाएको पैसा जुवा मा हारेको संझियो एक गिलास स्वाट्ट । तर एक पल्ट जुवामा जितेको थिए त्यसैको खुसी मा एक एक गिलास स्वाट्ट । घरमा गयो स्वास्निको गनगन, बा आमा को कचकच संझीयो अनि एक घरट्कि घुटुक्क ।

अरू देशले आफ्नो देश को सिमाना मिचेको, सडकमा गाडीले मान्छे किचेको,
स्वास्निको फरिया च्यातिएको , छोरो बिग्रिएर धेरै मात्तिएको,
खेत बारी पानि नपरेर सुकेको, अरूको गाइ बस्तु आफ्नु बारीमा फुकेको,
घर पुग्ने बित्तिकै बा आमा को गनगन, कहिले काही साथिभाइ संग को भनाभन,
............... ................ ............ ................

यिनै कुरा हरू बाट छुटकारा पाउन , हरेक साझ म सोमरस पान गर्ने गर्दछु ।

भन्छन यो एक मन्द बिस हो, तर म भन्छु यो त अमृत हो, पिर र चिन्ता को ओखती हो,
यसलाइ भिन्न भिन्न ठाउँमा भिन्न भिन्न नामले नामाङ्कन गरीन्छ,
जाड, रक्सि, बियर, दारू, सोमरस, कुकुरको मुत, शराब, आदी........

यति लेख्दा नसा उतरेछ, झसंगै भएछु , ओछ्यान मा नगइ मेरी कान्छी बु.... भएको ठाउँमा गएछु मेरी प्यारी Computer, नेपालीमा सुसाङ्क, अरू नै सु सु चही हैन नी...

To Be Continue.....
नजन्मि मृत्यु भयो , लैान यो के भयो
लैान यो के भयो, हुनुसम्म भयो,
उजाड भयो सन्नटा छायो, लैन यो के भयो ।।

तड्पीदै चिच्याउदै कराउँदै के के शब्द बरबराउदै
सास एक्कासी रोकीयो, लैन यो के भयो ।।

फुट्यो टुट्यो भत्कियो बिग्रीयो के के भयो के के
निन्द्रा बाट एक्कासी ब्युजीएको जपस्तो भयो, लैन यो के भयो ।।

टुट्यो टुट्यो नराम्ररी टुट्यो विश्वाश भरोसा सबै टुट्यो
यो मन मा चट्रटान खसे जस्तै भयो, लैन यो के भयो ।।

अधुरै रह्यो अपुग भयो नजन्मि मृत्यु भयो
परिक्षा नै नदिइ फेल भइयो, लैान यो के भयो ।।



मेरा केही साथीहरु जसले नेपालमा फेरी फर्कन्न भनेका थिए उनीहरुको लागी यो


बिरानेा देशमा बगिरहेछ रगत र पसिना,

रमाइला सपना सजाउदै ,

मन भरि ब्यथा बेाकेर बिदेशीनु ,

बिदेशीएर जननीलाइ भुल्नु,

जन्मि हुर्केकेा, खेलेकेा, ठाउँलाइ भुलेर ,

बिदेशमै रमाउन खेाज्ने साथिहरूलाइ ,

एक पल्ट आफु को हो भनेर आफैलाई सोध्नुस







( मेरा केही साथीहरु जसले नेपालमा फेरी फर्कन्न भनेका थिए उनीहरुको लागी यो )